२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

१३ हजार बढी मत गन्न बाँकी रहँदा झापा-५ मा केपी ओलीको जित सुनिश्चित

७ मंसिर, काठमाडाैं । मतगणना जारी रहँदा झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित भएको छ। १३ हजार बढी मत गन्न बाँकी हुँदा नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाइ ओलीले  २३ हजार ६ सय ५१ मतले पछि पारेका छन् ।

ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन् भने अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले ९९३० मत ल्याएका छन्। जनमतका भीम राजवंशीले १४३८ मत पाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १५:१०