नुवाकोट १ मा एमालेका बद्री मैनालीको फराकिलो अग्रता
६ मंसिर, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले निरन्तर अग्रता कायम गरेका छन । सुरूवातदेखि नै मैनालीले अग्रता कायम गरिरहेकोमा अहिले मैनालीको अग्रता थप फराकिलो भएको छ । पछिल्लो मतपरिणाम अनुसार मैनालीले १२१८ मतको अग्रता लिएका छन । १८३५४ मत गणना हुँदा मैनाली ७२८५ मतसहित अग्रस्थानमा रहेका छन ।
त्यस्तै पाँच दलीय गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ६०६७ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले २५१३ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 09:25







