ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणा विजयी
७ मंसिर, काठमाडाैँ । ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उदयशमशेर राणा विजयी भएका छन । पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४ मतले पारजित गरे ।
राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गर्नु भएको छ भने एमालेका सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा. सचिन घिमिरेले ३ हजार २ सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले १ हजार ६ सय ४१ मत प्राप्त गरे ।
कुल ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७ सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ८ सय २ मत बदर भएको छ । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले पराजित गरेका थिए ।
प्रकाशित मिति : 08:33









