१० असार २०८३, बुधबार | Wed Jun 24 2026

काठमाडाैँमा बलात्कारै बलात्कार, दुई दिनमा एक महिला बालात्कृत हुने गरेको तथ्यांक सार्वजनिक

१ असोज, काठमाडाैँ । काठमाडाैँमै डर लाग्दो रूपमा बालात्कार झाँकिएको एउटा तथ्यांक सार्वजनिक भएको छ । देशभर बलात्कार विरुद्ध आन्दोलन चर्किरहेका बेला राजधानीमै प्रति दुई दिनमा एक महिला बालत्कृत हुने गरेकाे तथ्यांक सार्वजनिक भएको हो।  महानगरीय प्रहरी अायुक्तको कार्यालयका अनुसार उपत्यकामा भदौं महिनामा १६ महिला बलात्कृत भएका छन्।

साउनमा बलात्कृत हुने महिलाको संख्या २६ पुगेको देखिएको छ। उपत्यकामा साउन र भदौंमा मात्र ४२ वटा बलात्कारका घटना भएको र तीमध्ये २८ घटना काठमाडौं जिल्लामा मात्र घटेका अायुक्त कार्यालयको तथ्यांकमा उल्लेख छ।

उपत्यकामा साउन महिनामा भन्दा भदौंमा बलात्कारका घटनामा कमी आएको देखिए पनि बलात्कारका घटना बढ्दो क्रममा रहेको छ। उपत्यकामा मात्र आर्थिक वर्ष २०७३/०७४ मा १ सय ३४ जना महिला बलात्कृत भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। गत आव २०७४/०७५ मा यो संख्या बढेर १ सय ८६ पुगेको छ। आव २०७३/०७४ मा काठमाडौं जिल्लामा मात्र १ सय १४ वटा बलात्कारका घटना भएका छन्।

प्रकाशित मिति : September 17, 2018 at 11:23 pm