४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

फिफा विश्वकपः डेनमार्क र ट्युनिसियाले अंक बाँडे


७ मंसिर, काठमाडाैँ । डेनमार्क फिफा विश्वकप २०२२ को पहिलो खेलमा अफ्रिकन राष्ट्र ट्युनिसियासँग समुह डी मा गोलरहित बराबरीमा रोकिएको छ ।  मंगलबार राति भएको खेलमा दुबै टोलीले केहि अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् ।

डेनमार्क भने दुई पटक गोल गरेर पनि अभागी बन्यो । भारले दुबै गोललाई मान्यता दिएन । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो । मंगलबार सम्पन्न समूह सी को खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०७:५९