१० असार २०८३, बुधबार | Wed Jun 24 2026

श्रीमानसँग बस्न नसकेपछि भक्तपुरकी एक युवतिद्धारा माइतीघरमा झुण्डिएर आत्महत्या

१ असोज, काठमाडाैँ । श्रीमानसँग बस्न नसकेपछि भक्तपुरकी एक युवतिले माइतीघरमा झुण्डिएर आत्महत्या गरेकी छिन । भक्तपुर नगरपालिका-४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले विवाह गरेर श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकै अवस्थामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

उनले माइतीघरको पाँचतलामाथि स्टोर कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । घटनास्थलमा आत्महत्या गरेकोबारे कुनै टिपोट फेला नपरेको तर अामाबाबुले मागी विवाह गरिदिएकी रेजिला श्रीमानसँग बस्न नसकेपछि ६ महिनाअघिदेखि माइतीघरमै बस्दै आएकी प्रहरीले जनाएकोछ । प्रहरीले श्रीमानसँग बस्न नसकेपछि निराश भएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ।

प्रकाशित मिति : September 17, 2018 at 11:01 pm