२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

बागलुङ १ मा एमालेका डा सूर्य पाठकको अग्रता

६ मंसिर, काठमाडाैँ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार डा सूर्य पाठकले अग्रता लिएका छन । हिजोदेखि सुरु मतगणनामा आज राति ९ बजेसम्मको गणनाअनुसार एमालेका पाठकले छ हजार पाँच सय ७७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन ।

उनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका गठबन्धका उममेदवार चित्रबहादुर केसीले छ हजार पाँच सय २० मतसहित पछ्याइरहेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले दुई हजार तीन हजार ७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए ।

प्रकाशित मिति : 22:51