उदयपुरमा २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी
६ मंसिर, उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन । उनले १५२५१ मत प्राप्त गरेको छ । उनको प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले ११५३९ मत प्राप्त गरेका छन ।
नेपाली काग्रेसका क्षेत्रीय सभापति स्वतन्त्र उम्मेदवार रामकुमार राईले ९३३० मत पाएका छन् । यहाँ ४५ हजार २०३ मत खसेको थियो ।
प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार २०:०७












