मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलकाे अग्रता, पछि परिन् सुजाता
६ मंसिर, काठमाडौं । मोरङ क्षेत्र नम्बर २ एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन् । कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १५५ मतले पछि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन् । पोखरेलले पछिल्लो मत परिणाम अनुसार कूल ४१६० मत प्राप्त गरेका छन् ।
कांग्रेस नेतृ कोइरालाले ४००५ मत ल्याएकी छन् । यस्तै, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ३६४ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : November 22, 2022 at 4:53 pm










