२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

धनुषाका तीन निर्वाचन क्षेत्रमा एमालेको अग्रता

६ मंसिर, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत धनुषाका चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । हालसम्मको गणनाअनुसार धनुषाका तीनवटा क्षेत्रमा एमालेले अग्रता लिएको छ ।

धनुषा २ मा उमाशंकर अरगरिया, ३ मा जुलीकुमारी महतो र ४ मा रघुवीर महासेठले अग्रता लिएका छन् । धनुषा १ मा जसपाका दीपक कार्की अगाडि छन् । उनी एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार हुन् । धनुषा २ मा अरगरियाले कांग्रेसका रामकृष्ण यादव, ३ मा महतोले लोसपाका अनिलकुमार झा र ४ मा महासेठले कांग्रेसका महेन्द्र यादवलाई पछि पारेका हुन् ।

प्रकाशित मिति : November 22, 2022 at 4:38 pm