भक्तपुर १ मा एमालेका नवराज गेलालकाे अग्रता कायमै
६ मंसिर, काठमाडौं । भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् ।
मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।
प्रकाशित मिति : November 22, 2022 at 3:27 pm








