झापा-५ मा एमाले अध्यक्ष ओलीले दाेब्बर मतले अग्रता बढाउँदै
६ मंसिर, काठमाडाैं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झन्डै दाेब्बर मतले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १५ हजार ५१० मत पाएका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन् । अधिकारी भन्दा ओली ६ हजार ५५५ मतले अघि छन् ।
यस्तै जनमत पार्टीका भीम राजवंशीले १ हजार १११ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेलले २ हजार ८८३ मत पाएका छन् ।
प्रकाशित मिति : 14:41









