२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

रुपन्देही २ मा विष्णु पौडेल थाेरै मतले मात्रै पछाडि

६ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि परेका छन् । करिब पाँच सय मतले पछाडि परेका पौडेलले मतान्तर घटाउँदै ६५ मा झारेका हुन् ।

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले चार हजार एक सय ३४ मत ल्याउँदा एमाले उपाध्यक्ष समेत रहेका पौडेलले चार हजार ६९ मत ल्याएका छन् । यहाँ अहिलेसम्म १२ हजार तीन सय मत मात्र गणना भएको छ । रुपन्देही २ मा ८१ हजार दुई सय दुई मत खसेको थियो ।

प्रकाशित मिति : November 22, 2022 at 2:31 pm