२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रचण्डकी बुहारी बिना मगरलाई भारी मतले पछि पार्दै एमालेका तारा लामाले बढाए अग्रता

६ मंसिर, धनगढी । जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् ।

कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् । माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।

प्रकाशित मिति : 13:34