२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नुवाकोट १ मा एमालेका बद्री मैनालीको निरन्तर अग्रता, हितबहादुरले आधार इलाकामै ऋण तिर्न सकेनन्

६ मंसिर, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले निरन्तर अग्रता कायम गरेका छन । सुरूवातदेखि नै मैनालीले अग्रता कायम गरिरहेका छन ।

अहिले ककनी गाउँपालिकाको वडा नम्बर ८ देखि ३ नम्बर वडासम्मको मतगणना सकिएको छ । यो सबै कांग्रेस र माओवादीको आधार इलाका थियो । यद्यपी त्यही इलाकामा पनि एमालेका मैनालीले निरन्तर अग्रता लिएका छन ।

८०६४ मत गणना हुँदा एमालेका मैनालीले ३०९३ मत प्राप्त गरेका छन । पाँच दलीय गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३०६६ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले ८९८ मत प्राप्त गरेका छन ।

अब गन्न बाँकी ककनीको १ र २ नम्बर वडामा मैनालीले अग्रता थप फराकिलो बनाउने अनुमान रहेको छ ।

प्रकाशित मिति : 12:20