४ मंसिर २०८१, मंगलवार | Wed Nov 20 2024

निर्माण व्यवसायी संघ नुवाकोटमा कांग्रेसको केसी समूह बढारियो, कांग्रेसको फुटमा नेकपाको राज

१ असोज, काठमाडाैँ । निर्माण व्यवसायी संघ नुवाकोटमा नेपाली कांग्रेसको संस्थापन समूह अर्थात सभापति जगदिश्वरनरसिंह केसी समूह सोत्तर भएको छ । केसी समूहले तयार गरेको प्यानल नै पत्तासाफ गराउँदै कांग्रेसकै सहमहामन्त्री डा प्रकाशरण महत र बहादुरसिंह लामा समूहले विजय हाँसिल गरेको हो । महत र लामाको समर्थन पाएको समहूले सत्तारूढ नेकपा निकटका निर्माण व्यवसायीहरूको समेत समर्थन पाएको थियो । कांग्रेसभित्रको गुटको फुटमा वापन्थीहरूले राम्रै फाइदा लिएका छन ।

सोमबार बिहान सम्पन्न मतगणाना अनुसार सुमन अधिकारीको प्यानल नै विजयी भएको छ । आफ्ना प्रतिद्वन्दि कृष्ण थपलियालाई ७२ मतान्तरले पराजित गर्नुहुँदै अधिकारी विजयी भएका हुन् । थपलियालार्इ केसी समूहको साथ रहेको थियो । सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा सुमन अधिकारीले २३१ मत ल्याउँदै विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी थपलियाले १५९ मत ल्याउनुभएको निर्वाचन अधिकृत आत्माकुमार शाहले बताए ।

कांग्रेस सभापति केसीले तयार गरेको समूह । जसका लागि उनले फेसबुकमा पनि भोट मागेका थिए ।

त्यस्तै उपाध्यक्षमा शैलेन्द्रराज प्याकुरेल , द्वितीय उपाध्यक्षमा पशुपती थापा, महासचिवमा रमेश बस्नेत, उपमहासचिवमा गोकर्ण थपलिया, सचिवमा रामसिं लामा, सहसचिव भगवान अधिकारी, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा शिवलाल श्रेष्ठ विजयी भएका छन् । अध्यक्षमा बिजयी अधिकारी नेपाली काङ्ग्रेसको बहादुरसिंह लामा र प्रकाशशरण महत पक्षबाट नेकपा र राप्रपा समेतको समर्थनमा उमेदवार बनेका थिए । अर्का प्रत्यासी कृष्ण थपलियालाई काङ्ग्रेसकै अर्जुननरसिंह केसी र रामशरण महत पक्षको समर्थन थियो । काङ्ग्रेसको दुई समुहबिच प्रतिष्ठाको लडाँईका रुपमा हेरिएको यस निर्वाचनमा काङ्ग्रेसको नयाँ बिचार समुह बिजयी बनेपछी यसले जिल्लाको राजनितिमा तरङ्ग उत्पन्न गराएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य दिल शाक्यले फेसबुकमा दिइको प्रतिक्रिया ।

निर्वाचित मध्ये उपाध्यक्ष पशुपति थापा, सचिब रामसिङ लामा, सहसचिब अशाेक अधिकारी, काेषाक्षयमा राजकुमार श्रेष्ठ र सदस्यहरु रमेश बाेगटी, रामचन्द्र श्रेष्ठ, काजिमान डंगाेल, सयाम तामाङ नेकपा निकटका व्यवसायी हुन । कांग्रेसभित्रै दुर्इ गुटको यो लडाइँलार्इ प्रतिष्ठाको रूपमा हेरिएको थियो । कांग्रेसका महासमिति सदस्य दिल शाक्यले त कांग्रेस र निर्माण व्यवसायीबीचको प्रतिस्पर्धामा कांग्रेस पराजित भएको प्रतिक्रिया दिएका छन ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार २०:२९