२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

केपी ओलीलाई हराउने उद्घोषसहित झापा पुगेका नुवाकोटे युग पाठकले अझै १०० मत कटाउन सकेनन्

६ मंसिर, कठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउने मुख्य उद्देश्यसहित झापा ५ मा चुनाव लड्न पुगेका दीपक कुमार पाठक (युग पाठक)ले २२ हजार भन्दा बढी मतगणना हुँदा १०० मत पनि कटाउन सकेका छैनन् ।

लेखक, प्राध्यापक र पत्रकारका रूपमा परिचित पाठक नेकपा माओवादी निकट मानिन्थे तर पछिल्लो समय उनी माओवादीबाट पनि स्वतन्त्र भएर एमालेका अध्यक्ष केपी शर्मा ओलीविरूद्ध लड्न झापा पुगे । तर मतपरिणामले उनलाई नमजासँग लडाउने देखिएको छ ।

पाठकले हराउन चाहेका एमाले अध्यक्ष ओलीले ११ हजार २८ मत ल्याउँदा पुतली चुनाव चिह्न लिएर उठेका पाठकको पक्षमा जम्म ५६ मत मात्रै भेटिएको छ । नुवाकोटबाट चितवन हुँदै मकवानपुरको स्थायी बसोबासी पाठक माथि युरोपियन युनियनको एजेण्डा बोकेको आरोप लाग्दै आएको छ ।

झपा ५ मा अहिलेसम्म पाँच दलीय सत्ता गठबन्धनका लागि उम्मेदवारी दिएका कांग्रेसका कांग्रेसका खगेन्द्र अधिकारीले ६ हजार ५१६ मत प्राप्त गरेका छन ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले हालसम्म १९ सय ४ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 11:27