२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

समानुपातिकमा एमालेकाे अग्रता कायम, दोस्रोमा कांग्रेस

६ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १६० मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ । राप्रपाको १३ हजार ३४०, जनमत पार्टीको ४ हजार ५२४ र जसपाको ४ हजार ३०५ मत छ ।

प्रकाशित मिति : November 22, 2022 at 10:15 am