२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै

६ मंसिर, जुम्ला । जुम्लाको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा चार हजार ४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले दुई हजार ६०० मत प्राप्त गरेका छन ।

राति २ बजेसम्म भएको गणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा (कुँवर) ले एक हजार ५० मत प्राप्त गरेकी छिन ।

त्यस्तै एमालेका रतननाथ योगीले चार सय ४७ मत प्राप्त गरेका छन । नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ६५ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 07:56