नुवाकोट १ मा कांग्रेस र माओवादीको कोर एरियामै एमालेका बद्री मैनाली चम्किए, हितबहादुर स्तब्ध
६ मंसिर, नुवाकोट । नुवाकोट १ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेका बद्री मैनालीले अग्रता दोब्बर बनाएका छन । यसअघि ककनी ८, ६, ५, र ४ नम्बर वडाको मतदान सकिदाँ ३३९ मतले एमालेका मैनालीले अग्रता कायम गरेका छन ।
६४६३ मत गणना हुँदा एमालेका मैनालीले २६६० मत प्राप्त गरेका छन । त्यस्तै पाँच दलीय गठबमन्धनका तर्फबाट माओवादीकाट उम्मेदवार बनेका हितबहादुर तामाङले २३२१ मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रधुम्न महतले ७३२ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 07:04







