इलाम २ एमालेका सुवास नेम्वाङको अग्रता सुरू, गठबन्धनका खतिवडा पछि परे
५ मंसिर, इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता सुरू गरेका छन । थोरै मतान्तरमा केहिबेरअघिबाट नेम्वाङले अग्रता लिएका हुन । पछिल्लो मतपरिणाम अनुसार एमालेका नेम्वाङले १०७९ मत प्राप्त गरेका छन भने पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डम्बर खड्काले १०३८ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 23:45









