४ मंसिर २०८१, मंगलवार | Wed Nov 20 2024

न्याम्सको उपकलुपतिमा डा डिएन शाहसहित तीनजना सिफारिस

१ असोज, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा डा डिएन शाहसहित तीन जनाको नाम सिफारिस गरिएको छ । सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले छनोटमा परेका ६ जनामध्ये उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो ।


छनोट समिमतिले सिफारिस गरेका तीनमध्ये पहिलाे नम्बरमा डा डिएन शाह, दोस्रोमा डा.ढुण्डी पौडेल र तेस्रो नम्बरमा डा अजित रायमाझी  रहेका छन् । तीन सदस्यीय छनोट समितिमा मन्त्री उपेन्द्र यादव, प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा रहेका छन् । उपकुलपतिको नियुक्ति सोही सिफारिस अनुसार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा अाेलीले गर्नेछन् ।

 

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार १७:२९