२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

भक्तपुर १ मा एमालेका नवराज गेलालको अग्रता

५ मंसिर, काठमाडाैँ । भक्तपुर–१मा नेकपा एमालेका नवराज गेलालले अग्रता कायम गरेका छन । यसअघि राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुवाती अग्रता बनाएका थिए ।

एमालेका  गेलालले ८२२ मत पाएका छन् भने राप्रपाका खड्काले ७७६ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ६८४ मतसहित तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका ५०६ मत ल्याएर चौथो स्थानमा छन् ।

प्रकाशित मिति : November 21, 2022 at 5:25 pm