ललितपुर-३ मा तोसिमा कार्कीकाे अग्रता, पछ्याउँदै एमालेका अमृत खड्का
५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।
प्रकाशित मिति : November 21, 2022 at 4:55 pm









