२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

आठ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको लोसपाको एक स्थानमा अग्रता

५ मंसिर, काठमाडौं । आठ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एक स्थानमा अग्रता देखिएको छ । रुपन्देही ४ मा दुई हजार पाँच सय ३० मत गणना हुँदा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले नौ सय ९५ मत प्राप्त गरेर अग्रता हासिल गरेका हुन् ।

शुक्लालाई कांग्रेसका प्रमोद यादवले पछ्याएका छन् । यादवले सात सय २४ मत प्राप्त गर्दा सिके राउत नेतृत्वको जनमत पार्टीका सचिव भोपेन्द्र यादवले चार सय ९३ र जसपाकाओमप्रकाश यादव गुल्जारीले ३१ मत पाएका छन् । यस क्षेत्रमा एक लाख १० हजार ६ सय ५९ मतदाता रहेकामा ७० प्रतिशत मत खसेको छ ।

प्रकाशित मिति : November 21, 2022 at 3:32 pm