प्रतिनिधिसभामा कांग्रेसको पहिलो जित, मुस्ताङमा योगेश गौचन विजयी
५ मंसिर, काठमाडाैँ । यो चुनावमा प्रतिनिधिसभा पहिलो खाता नेपाली कांग्रेसले खोलेको छ । कांग्रेसले मुस्ताङबाट विजयको खाता खोलेको हो । केहीबेरअघि सम्पन्न मतगणनामा नेपाली कांग्रेसका २९ वर्षीय योगेश गौचन थकालीले ३ हजार ९९२ मत प्राप्त गर्दै विजयी भए ।
उनको निकटतम् प्रतिस्पर्धी एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन । विजयी गाैचन कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचन थकालीका पुत्र हुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाएका छन । एमालेले विजयी हुने सूचीमा राखेको मुस्ताङ भने गुमाएको छ ।
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १२:०५












