काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहको सुरुवाती अग्रता
५ मंसिर, काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाएका छन् ।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति : November 21, 2022 at 11:03 am









