२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

एमालेले स्पष्ट बहुमत ल्याउँछ, १५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ: अध्यक्ष ओली

४ मंसिर, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १५  मंसिरसम्ममा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

आइतबार प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि अध्यक्ष ओलीले १५ मंसिरसम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताए ।

उनले यसअघि तालमेल गरेका दलहरूसँग मिलेर सरकार बनाउने समेत बताए । अध्यक्ष ओलीले यस निर्वाचनमा आफूहरूको स्पष्ट बहुमत आउने पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : 21:25