१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

बाजुरामा मतपेटिका लुट्न खोज्दा प्रहरीको गोली लागेर तरूण दलका अध्यक्ष सुरेन्द्र अएडीको मृत्यु


४ मंसिर, कैलाली ।  बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर अन्दाजी २५ वर्षीय सुरेन्द्र अएडी (सञ्जिव)को मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।

स्रोतका अुनसार सुरेन्द्र अएडी तरूण दलका स्थानीय कमिटीका अध्यक्ष हुन । मतपेटिका लुट्न खोज्दा प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएका छन । अहिले त्यहाँको अवस्था अशान्त रहेको छ । झडपमा तीन जना घाइते भएका छन ।

घाइते हुनेमा प्रहरी हवल्दार कृष्ण कुँवर, पर्शुराम पाध्याया (स्थानीय) र खडक अएडी (स्थानीय) रहेका छन्। घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

मतदान सकिने बेला त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको खसालेको विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। मतपेटीका खोसाखेस गरिरहेको अवस्थामा दुई पक्षीय झडपपछि प्रहरीले स्थिती सामान्य बनाउन गोली चलाएको थियो।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १८:१९