६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

बर्दियाको शम्भुशरणको स्थगित मतदान पुनः सुरु

४ मंसिर, बर्दिया । बर्दियाको शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान कार्य पुनः सुरु भएको छ । मतदान प्रक्रिया सुरु भए लगत्तै अज्ञात समूहले मतदान स्थल बाहिर विष्फोट गराएपछि स्थगित मतदान करिव १ घण्टापछि पुनः सुरु भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका खैरापुरस्थित शम्भुशरण माध्यमिक विद्यालय मतदान स्थलबाहिर सुतली बम विष्फोट भएपछि मतदान कार्य रोकिएको थियो ।

प्रकाशित मिति : November 20, 2022 at 12:32 pm