२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सांसद भए लगत्तै संसदीय दलको चुनावमा लाग्‍ने गगन थापाको घोषणा

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्‍ने बताएका छन् ।मैतीदेवी केन्द्रमा मतदान गर्दै कांग्रेस महामन्त्री थापाले पार्टीको संसदीय दलको नेताका लागि तयारी थाल्ने बताएका हुन् ।

‘सांसद भएको भोलिपल्टदेखि संसदीय दलको तयारीमा लाग्‍ने छु,’ थापाले भने । प्रधानमन्त्रीका लागि संसदीय दलको नेता हुनुपर्ने व्यवस्था भएकाले थापाले सोको तयारीमा लाग्‍ने बताएका हुन् । थापा प्रधानमन्‍त्रीका आकांक्षि हुन् ।

प्रकाशित मिति : November 20, 2022 at 10:55 am