१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कैलालीमा भेटिएको बम सेनाले गर्‍यो डिस्पोज

४ मंसिर, धनगढी । कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको थियो । उक्त बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बम डिस्पोजपछि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ०९:३७