६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

३ मंसिर,काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार माध्यममार्फत सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिल नेपालले आह्रवान गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचान प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ । आज बिहानैदेखि विभिन्न सञ्चार माध्यमको माष्ट हेड प्रयोग गरी गलत समाचार सम्प्रेषण भएको विषयलाई ईंकित गर्दै काउन्सिले यस्तो आह्वान गरेको हो ।

प्रकाशित मिति : November 19, 2022 at 5:27 pm