बाराको मकालु साबुन उद्योगमा आगलागी, कराेडाैँकाे क्षति भएकाे अनुमान
१ असोज, बारा। बाराको परवानीपुर गाउँपालिकामा रहेको साबुन उद्योगमा आगलागी हुँदा कराेडाैँकाे क्षति भएकाे अनुमान गरिएकाे छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा अाज बिहान आगलागी भएकाे हाे । उद्योगपति वीरेन्द्रप्रसाद संघाईको लगानी रहेकाे साे उद्योगमा दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन हुने गरेकाे बताइएकाे छ ।
करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेकाे छ । वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रण गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार ११:३३