१० असार २०८३, बुधबार | Wed Jun 24 2026

दक्षिण सुडानमा विद्रोही समूहद्वारा नेपाली सेनाका जवानमाथि गोली प्रहार

१ असोज, काठमाडौँ । दक्षिण सुडानमा विद्रोही समूहद्वारा नेपाली सेनाका जवानमाथि गोली प्रहार भएकाे छ । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत सैनिक जवान गोली लागेर घाइते भएका हुन् । घाइते सैनिक जवानकाे परिचय नेपाली सेनाले  खुलाएको छैन । उनलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानान्तरण गरी उपचार गरिरहेको र अवस्था खतरामुक्त रहेको नेपाली सेनाले जनाएको छ ।


दक्षिणी सुडानको यई भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशका लागि पानी लिएर फर्किँदै गर्दा ती जवानलाई गत भदौ ३० गते करिब साढे आठ बजे खुट्टाको गोलीगाँठो नजिक गोली लागेको थियो । दक्षिण सुडानको पिपुल्स लिवरेसन आर्मी (एसपीएलए)ले गोली प्रहार गरेको बुझिन आएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : September 17, 2018 at 11:06 am