२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

काठमाडाैँ ५ मा तिकडममा सङ्लग्नहरुले चरित्र हत्याको आफ्नो षडयन्त्र पूरा गरेः विष्णु रिमाल

३ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिव एवं पार्टी उपमहासचिव विष्णु रिमालले काठमाडाैँ ५ मा एमालेको विरूद्धमा षडयन्त्रपूर्ण तिकडम गरिएको बताएका छन । सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै रिमालले बालुवाटारमा खटाइएको प्रहरी अधिकृतले एमालेका नेता माथि दूर्व्यवहार गरेको बताएका छन ।

उनले सावधान बन्न अपिल गर्दै यस्तो भनेका छन,

साबधान होऔं !

निर्वाचन आयोगले प्रयोग गरेको भाषामा ‘स्थिर समय’ सुरु भएको छ । यस अबधिमा मत प्रभावित पार्ने खालको कुनै पनि गतिविधि गर्न बर्जित छ । तर अबको २४ घण्टा अनेपेक्षित ‘स्क्याण्डल’ हुन सक्छ । खास गरी गठबन्धनवालाहरुले आफ्ना उम्मेदवारहरु हार्ने महसुस गरे भने हुने/ नहुने सबथोक गर्छन् । ट्रयाक रेकर्ड सम्झनु होस्– पटाखा पड्काएर टाउकोमा व्याण्डेज बाध्नेदेखि पैसा बाड्ने सम्मका हतकण्डा अपनाइएका छन् ।

पछिल्लो उदाहरण,हिजो साँझ काठमाडौं –५ मा एउटा स्क्याण्डल प्रायोजन भयो । बालुवाटारबाट खटाईएका प्रहरी अधिकृतद्वारा विरामी भेट्न गएका एमालेका कार्यकर्तालाई प्रहरी चौकीमा लगियो । यसबीच ‘डिजाइन’मा बोलाइएका काङ्ग्रेसी कार्यकर्तालाइ होहल्ला गर्न लगाउने देखि काङ्ग्रेसका उम्मेदावारको आधिकारिक सञ्जाल मार्फत एमालेका उम्मेदवारमाथि लाञ्छित गरी प्रचारवाजी गरियो । प्रायोजित भिडियो भाइरल बनाइयो ।यस हरकतमा केही अनलाइन सञ्चार माध्यमलाई समेत “मिस गाइड” गरी तत्काल न्यूज ब्रेक गराइयो ।

अहिले सम्बन्धित निकाय घटना बारे– ‘होहल्ला भएकोले प्रदेशसभाको उम्मेदवारको सुरक्षाको लागि प्रहरी चौकी लगिएको’ भन्दै छ । तर तिकडममा सङ्लग्नहरुले चरित्र हत्याको आफ्नो षडयन्त्र पुरा गरेका छन् । एमालेलाई प्रतिस्पर्धामा पराजित गर्न सबै मिलेर घेराबन्दी गर्दा समेत नसकिने आङ्कलनमा यस्ता फण्डा हुने गरेका छन् । हुनसक्छन् । यस्ता घटनाको निन्दा गरौं ! अबको २४ घण्टा अनेपेक्षित ‘स्क्याण्डल’ रचाईन सक्छ साबधान होऔं !!

प्रकाशित मिति : 10:51