सुगतरत्न कंसाकारले अबको ८ महिना अारामसँग जागिरमात्र खाने, राजिनामा नदिने
१ असोज, काठमाडाैँ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अबको ८ महिना अारामसँग जागिर खाने बताएका छन । अाइतबार राति बसेको मन्त्रीपरिषद् बैठकले निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेपछि कंसाकारले अाफूले अब ८ महिनासम्म जागिरमात्र खाएर बस्ने बताएका हुन ।
उनले खरेललार्इ काम बाधा नगर्ने र तत्काल राजिनामा पनि नदिने बताएका हुन । मन्त्रिपरिषद्को निर्णय अनुसार अब कंसाकारले उनको माताहतमा रहेर प्रशासनिक काम मात्र गर्नुपर्छ । कंसाकारले साथीहरूसँग पनि सल्लाह गरेको र तत्काल राजिनामा दिँदा गलत सन्देश जाने भएकाले अाफूले राजिनामा नदिने बताएका हुन । उनले अाफ्नो ट्विटमार्फत सरकारले कार्यकारी पदमा २ जना मान्छे राखेर अफ्ठेरो पारेको पनि बताएका छन । वाइडबढी खरिदमा विवादित बनेका कंशाकारलार्इ हटाउने उदेश्यले नै खरेललार्इ कार्यकरी अध्यक्ष बनाइएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।
कंसाकारको ट्वीट
An interesting twist in NAC management- former Managing Director Madan Kharel is appointed by Cabinet meeting of Sunday 16th Sept as Executive Chairman. But I have decided not to resign, and stay back as “CEO with no executive power”! I know there will be lots of eyebrows raised!
— SugatKansakar (@SugatKansakar) September 16, 2018
प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार १०:२०