फेसवुकका लागि काम गर्छन राजन दाहाल ?
१ मंसिर, काठमाडाैँ । सिन्धुली क्षेत्र नं. २ का संघिय सांसदका गठबन्धनबाट माओवादी उम्मेदबार राजन दाहाल सामाजिक सञ्जालमा खुव छाउने पात्र हुन । उनि आफू नभएर आफूनिकटकाहरुले सञ्जालमा उनका गतिविधिहरुलाई निकै प्राथमिकतामा दिएर सामाजिक सञ्जाल विशेष गरि फेसवुकमा पोष्ट गर्छन् । दाहाल ति सञ्जालमा पोष्ट गर्ने समूहलाई सधै आफूसँगै गाडीमा लिएर हिड्छन् र केहि गतिविधि गर्ने वित्तिकै त्यो सञ्जालमा आई पनि हाल्छ । तर दाहालका यस्ता गतिविधि सञ्जालमा पोष्ट गर्ने समूह नै बोकेर हिडेर होला आवश्यक भन्दा पनि सञ्जालमा पोष्ट गर्नकै लागि उनले गतिविधि गर्ने गरेको पाईएको छ । जस्तो कि कुनै ठाउँ घुम्न जाँदा फेसवुकमा फोटो पोष्ट गर्नकै लागि फोटो खिचिन्छ दाहालका गतिविधि पनि फेसवुमा पोष्ट गर्नका लागि सुटिङ गरेर खिच्ने र पोष्ट गर्ने गरेको प्रष्ट देखिन्छ जुन यहाँ केहि पोष्ट सहित विश्लेषण गरौ ।
१. गत वर्ष दाहालको अगुवाईमा माओवादी केन्द्रको पार्टी कार्यालय भवन निर्माणको कार्य भयो । त्यो कार्यालय भवन बनाउन ठूलो रकम चन्दाको रुपमा अशुल गरियो । दाहालको प्रभाव भन्दा बढि डर त्रासमा माओवादी भन्दा फरकका मानिसहरुले चन्दा दिए, बजारका व्यापारिहरुले त स्वभाविक रुपमा दिए, अझ बढि दुईनम्बरी, तस्करी, अबैध कारोबारी, घुसखोरी, प्रहरी प्रशासनमा विभिन्न मुद्दा मामिलामा परेकाहरुले दाहाललाई खुशि पार्न चन्दाको पोको बुझाए । ता कि उनको बोलि विक्ने ठाउँमा भनसुन गरिदिउन भनेर । त्यसरी चन्दा उठाएर बनाएको भवनमा मिस्त्री ज्याला भन्दा बाहेक सबै उठस्तीले पुग्यो, क्रसर वालाले चाहिदो गिट्टि बालुवा दिए, हार्डवेयर वालाल, सिमेन्ट रड र अन्य सामग्रि दिए, तराई तिरका भट्टा वालाले इट्टा दिए, काठ बन समूह बाटै व्यवस्थापन भयो । तर हिसावमा ति सबै कुरा खरिद गरिदएको पनि देखाईयो । मागेर प्राप्त चिजहरु खरिद गरेको हिसाव पनि देखाईयो । अझ त्यो भवन बनुन जेल दाहालले दैनिक श्रमदानको नाटक देखाए कहिले गिट्टिको थुप्रोमा बेल्चा चलाउदै गरेको त कहिले ढुङगा फाल्दै गरेको । कहिले पानी हाल्दै गरेको त कहिले इट्टा झादै गरेको फोटोहरु दाहालका आसेपासेले भवन निर्माण सम्पन्न नहुनजेल निरन्तर हालि नै रहे । तर वास्तविकता के हो भने न दाहालले पाँच मिनेट गिट्टि माथि बेल्चा चलाए, न १५ वटा इट्टा झारे न त पाँच वटा ढुङ्गा नै फाले वा १ कोठामा १० मिनेट पानी नै हाले । यि सबै काम गर्न कामदार खटाईएको थियो र सबै काम ज्यालामा गराईयो तर श्रमदानको नाकट भने खुबै धेरै भयो । यति सम्म की घर बनाउदा ठेकेदारले काम गरेको ठाउँमा पानी हाल्ने दायित्व चै घर धनिको नै हुन्छ तर दाहालले पार्टी कार्यालय बनाउदा ठेकेदार दुधौली तरिका एक जना कार्कीलाई पानी समेत हाल्ने गरि भनेर थप रकम दिएका थिए । ति कार्की ठेकेदार दैनिक विहान साडे ५ बजे नै माओवादी पार्टी कार्यालयमा पानी हालि रहेका हुन्थे तर दिउँसो आईपुग्ने दाहाल मोटर चलाएर पानी हालेको नाटक गर्दै फोटो खिचाएर सामाजिक सञ्जालमा पोष्ट गर्न लगाउथे । जसको प्रमाण यि तलका फोटोहरुले प्रष्ट पार्छन् ।
२. सरसफाईको नाटक
पार्टी कार्यालय बनि सकेपछि केहि महिना अघि चर्चामा आउन फेरी पार्टी कार्यालको सोफा छेउमा झाडु समाएर उभिएको फोटो विश्वज्योती थापाको वालबाट पोष्ट भयो । जिल्ला इन्चार्ज आफै पार्टी कार्यालय सफा गर्दै भनेर । तर वास्तविकता के हो भने पार्टी कार्यालय चावि खोल्ने, सरसफाई गर्ने भने एकजना व्यक्तिलाई जिम्मेबारी दिईएको छ । यो केवल सामाजिक सञ्जालमा पोष्ट गर्नका लागि मात्रै झाडु समातेको फोटो सुट गरिएको हो ।
३. धान झारेको नाटक
अहिले चुनावि अभियानमा हिनिरहदा वडा नं. ७ मा किसानको खेतमै पुगेर एक मुठो धान चुटेको फोटो सामाजिक सञ्जालमा आयो । यो पनि सञ्जालमा पोष्ट गर्नका लागि धानको मुठो समातिएको हो । झारेको एउटा मुठो पनि फेरि किसान आफैले दोहो¥याएर झानु प¥यो । केवल देखाउनका लागि काम गरे । धान रोप्ने बेला रसायनिक मल नपाउदा किसानको साथमा थे यिनि ? किसानलाई सान्त्वना दिए यिनले ? उनकै पार्टी सरकारमा थियो मलको व्यवस्थापन गर्न सके ? अहिले भोट माग्ने बेला किसानको बारिमा धान झारेको नाटक गरेर भोट पाईन्छ ?
४. यि बाहेक सञ्जालमा कहिले हात्ति पिडीतकोमा पुगेको फोटो आउछ त कहिले खोलाको किनारमा नदी कटानको समस्या बुझ्दै भनेर फोटो आउछ, कहिले सडकको स्थिति हेर्दैको फोटो आउछ तर उनले हेरेका बुझेका गएका फोटो खिचेका ठाउँहरुमा न कुनै विकास आएका छन् न कुनै सुधार वा राहात नै केवल सामाजिक सञ्जालमा उनका आसेपासे दुई चार जनाले पोष्ट गर्ने र विस पच्ची जनाले वहाँ जनताको नेता भनेर कमेन्ट गर्ने बाहेक अर्को उपलब्धि छैन । सामाजिक सञ्जालबाट जनता प्रभावित पार्ने र जनताको मनमा आफूलाई विकास बादी देखाउने प्रयास बाहेक उपलब्धी भने केहिपनि छैन ।
५. सञ्जालका लागि फोटो सुट गरेर खिच्ने मात्र होइन दाहालले कार्यक्रमहरुमा मन्तव्य पनि राख्ने गरेको पाईएको छ । गत वर्ष आम्बोटेमा एउटा कार्यक्रममा तीनपाटन ९ आम्बोटेमा विद्युतीकरणका लागि माओवादी केन्द्र सिन्धुली इन्चार्ज राजन दाहालले २५ लाख दिने भन्ने समाचार माओवादी निकट कै अनलाई कमलामाई खवर डटकम मा आएको छ । कुन स्रोत बाट दिने भन्ने उल्लेख नगरेको त्यो २५ लाख राजन दाहालले कसरी दिने हो हाल सम्म अन्यौल मै छ । व्यक्तिगत दिने हो कि ? आफ्नो घरबारी बेचेर दिने हो कि ? त्यहाका जनता रनभुल्लमा परेका छन् । तीनपाटन ९ आम्बोटे न त उनको प्रदेश सांसद भएको क्षेत्रमा पर्छ, न तीनपाटन गाउँपालिकामा माओवादीको अध्यक्ष, उपाध्यक्ष वा अन्य कुनै पदाधिकारी थिए न ९ नं. वडा माओवादीले जितेको हो । न त त्यो संघिय निर्वाचन क्षेत्र नै माओवादीको सांसद थिए । बरु अहिले तिनपाटन गाउँपालिकामा माओवादीको उपाध्यक्ष छन् तर दाहालले १ वर्ष अगाडि बोलेको कुरा हाल सम्म पुगेको छैन । यसले उनि केवल चर्चा कमाउनका लागि बोल्छन् र समाचार तथा सञ्जाल तताउछन् भन्ने कुरा प्रष्ट छ ।
सञ्जालमा यो गरे त्यो गरे भने दर्जनौ पोष्टहरु आएपनि गरेको खास के हो उनि सांसद भएको क्षेत्र दुधौली नगरका जनताले थाहा पाउन सकेका छ्रैनन् । उनको पहलमा निर्माण सुरु भएको भनिएको दुधौली १० को शहिद पार्क निर्माणको काम अलपत्र छ । अढाई करोड भन्दा बढि प्रदेश सरकारको बजेट सकिदा समेत त्यो पार्क पूरा भएको छैन फोटो खिच्नकै लागि यस वर्ष उनले आफ्नो जन्मदिनमा सोहि अलपत्र पार्कमा लाज नै पचाएर विरुवा रोपेको नाटक गरे तर त्यो विरुवामा अहिले आकासे पानी पर्न छाडेपछि पानी हाल्न कोहि पुगेको छैन । उनको निर्वाचन क्षेत्र अन्र्तगत दुधौलीमा दनुवार संग्रहालय बनाउने भनेर एउटा घर निर्माण गरिएको छ त्यो घरमा न रङरोगन छ न त संग्रहालयको सामग्री राखिएको छ । कमला नदी नियन्त्रण गर्ने मुल मुद्दा बनाएर चुनाव जितेका दाहाल आफ्नो क्षेत्रमा केहिपनि काम गरेका छैनन बरु सिन्धुली सदरमुकाम, सुनकोशी, तिनपाटन मरिण तिर गएर त्यहाका प्रदेश सांसदहरुले गरेका कामहरुलाई पनि मेरो पहलमा भएको भन्दै हिड्छन् । उनको पहलमा उनकै निर्वाचन क्षेत्रमा केहिपनि भएको छैन । एमालेको प्रदेश सरकार र मन्त्री हुदा सचिवलाई भनेर यति करोड बजेट सुनिश्चित गरे भनेर समेत सामाजिक सञ्जालमा लेखाउछन् दाहाल । त्यो कारोडौ बजेट सुनिश्चित गरे भनेको सडक हाल सम्म कालोपत्रे नहुदा सुनिश्चत भईसकेको बजेट र ठेक्का प्रक्रिया कहा पुग्यो बोल्न नसक्ने अवस्थामा छन् । तैपनि सामाजिक सञ्जालका लागि सुटिङ गरिगरि फोटो खिच्ने र झुठा कुराहरु पोष्ट गर्ने कार्यमा उनि र उनका सुन्डमुन्डले अहिले सम्म छाडेका छैनन् ।
प्रकाशित मिति : 23:38









