चितवन १ को विकासका नायक सुरेन्द्र पाण्डे
-निर्देशन त्रिपाठी
पुर्बी चितवन ०१को बिकासमा सुरेन्द्र पाण्डेको महत्त्वपूर्ण योगदान :
१) भण्डारा-मलेखु बाटो अर्थात चेपाङ राजमार्गको सुरुवातकर्ता
२) नेपालमै पहिलोपटक आरसिसि ड्याक निर्माणको सुरुवातकर्ता (लोथर-सौराहा)
३) सौराहामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्य अन्तिम चरणमा
४) पुर्बी चितवनका हरेक खानेपानी सस्थामा बजेट बिनियोजन
५) पुर्बी चितवन रिङरोडको सुरुवातकर्ता
६) बन र बन्यजन्तु बिचको द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले तल्लो भेगमा पर्खाल निर्माण (लोथर देखि सौराहा सम्म)
७) खैरहनीमा रंगशाला निर्माण कार्य अन्तिम चरणमा
८) कयर खोला तटबन्धको लागि महत्त्वपूर्ण योगदान
९) चेपाङ आबास कार्यक्रम सुरुवातकर्ता
१०) शक्तिखोर औद्योगिक छेत्रको सुरुवातकर्ता
११) लोथर बाट परेबाकोटसम्म बाटो बिस्तारको सुरुवातकर्ता
१२) परेबाकोट , धमिलीमा बिजुली बत्ती पुर्याउने कामको सुरुवातकर्ता
१३) संसद बिकास कोषबाट हरेक वडामा सडक निर्माण
१४) चितवन-०१ मा २५ वटा पुल निर्माणाधिन
१५) हरेक बिधालयलाई बजेट बिनियोजन
१६) खुरखुरे-ठकुरीभञ्ज्याङ् बाटोको सुरुवातकर्ता
१७) परेबाकोट देखि माथी माथी भण्डारा जोड्ने सडक निर्माण कार्यको सुरुवातकर्ता
१८) खैरहनीमा सामुहिक मुसहर बस्ती निर्माणको लागि बजेट
१९) पुर्बी चितवनका विभिन्न खोलाहरु तटबन्धका लागि बजेट बिनियोजन
२०) शक्तिखोर देखि हुग्दी जोड्ने सुरुङ सहितको बाटोको सुरुवातकर्ता
२१) पुर्बी चितवनका विभिन्न सामुदायिक बिधालयमा बजेट बिनियोजन
२२) विभिन्न समुदायका लागि बजेट बिनियोजन
२३) रत्ननगर बकुहलर अस्पताललाई बजेट बिनियोजन
क. सुरेन्द्र प्रसाद पाण्डेको जन्म बि. स २०१७ साल धादिङ जिल्लाको तत्कालीन गजुरी गाबिस वडा न ०८ छेपाङमा भएको थियो अहिलेको गजुरी गाउँपालिका । आमा मनमाया पाण्डे र बुवा नेत्रप्रसाद पाण्डेको माइला छोराको रुपमा पाण्डेको जन्मभयो । परिबार लाउन खान पुग्नेनै थियो । परिबारमा ५ दाजुभाइ । आमा मनमाया पाण्डे अहिलेपनि हुनुहुन्छ भने बुवा नेत्रप्रसाद पाण्डेको मृत्यु भैसकेको छ । पाण्डेको परिबारमा श्रीमती दुई छोरा हुनुहुन्छ । बि. स २०३० साल देखिनै राजनीतिमा सक्रिय भैसक्नुभएको थियो । त्यतिनै बेला २०३१ सालमा सिक्किममा विद्यार्थी आन्दोलन चर्किएको थियो झन उहालाइ राजनीतिमा प्रबेश गर्न हौसला जाग्यो ।
फेरि उतिनै बेला २०३१/२०३२ को विद्यार्थी आन्दोलनमा सक्रिय रहनुभयो । परिबारको जेठो दाजु राजेन्द्रप्रसाद पाण्डे राजनीतिमा सक्रिय भैसक्नुभएको थियो । राजनीतिमा लाग्दालाग्दै तत्कालीन कोडिनेसन केन्द्र (कोके) को सम्पर्क भयो र भुमिगत राजनीतिमा सक्रिय रहनुभयो । केही समय शिक्षकको रुपमा समेत पाण्डेले काम गर्नुभयो । त्यतिबेला देखिनै निकै शालिन र भद्र पाण्डे हुनुहुन्थ्यो । शिक्षक पेसा छोडेर पाण्डे नेपाल बैंकको जागीर सुरुगर्नुभयो । बैंकमा जागिर गर्दा गर्दै scholarship मा CA पड्न बिदेश प्रस्थान जाने तयारी थियो । मन निकै दोधार भयो पड्ने कि राजनीतिमा लाग्ने भन्ने ।

पाण्डे आफ्नो सोच भन्दापनि देशको ब्यबस्था परिबर्तन गर्न भुमिगत राजनीतिमा सक्रिय हुनुभयो । नेपाल बैंक र CA पड्न छाडेर पुर्णकालिन काठमाडौमा राजनीतिमा पाण्डे सक्रिय रहनुभयो । बि. स २०४६ सालसम्म नेकपा मालेको जिम्मेवारि समहाल्नुभयो । बि.स २०४७ देखि २०७७ सम्म अहिले निरन्तर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्यमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । तत्कालीन नेकपा एमालेको स्थायी कमिटी सदस्य । पार्टी एकता पछिपनी नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीमा निरन्तर रहनुभएको छ ।
हाल नेकपा एमालेको उपाध्यक्ष २०५४ सालमा पहिलोपटक रास्टृयसभाको सदस्य रूपमा काम समेत गर्नुभयो त्यस्बेला उहाँले सभा अन्तर्गत सामाजिक न्याय समितिको सदस्य रुपमा समेत काम गरेको अनुभव पाण्डेमा रहेको छ । दुई बर्षपछि २०५६ सालमा रास्टृयसभाको प्रमुख सचेतकको भुमिका समेत निर्बाह गर्नुभयो । २०६४ सालको संविधानसभा सदस्यमा समानुपातिक बाट सम्सद पनि भुमिका निर्बाह गर्नुभयो । त्यस बखद संबैधानिक समितिको सदस्यमा रहेर काम गरेको पाण्डेमा अनुभव रहेको छ ।
२०६६-२०६७ सालमा माधब कुमार नेपाल प्रधानमन्त्री रहनुहुदा उहाँमा अर्थमन्त्रालयको जिम्मेवार आएको थियो कठिन परिस्थितिमा पनि अर्थमन्त्री चलाएको अनुभव उहाँमा रहेको छ । अहिलेपनि सफल अर्थमन्त्रीको रूपमा पाण्डेलाई हेरिदै आएको छ ।अर्थमन्त्री रहनुहुदा लेखा समितिमा समेत रहेर काम गर्नुभयो । २०७० सालमा चितवन-०१ बाट निर्बाचित संविधानसभा सदस्य र त्यस बेलाको संविधान बनाउने मुख्य समिति राजनीति सम्बाद समितिको सदस्यको रुपमा काम गरेको अनुभव पाण्डेमा रहेको छ । २०७४ को प्रतिनिधिसभा सदस्यमा पुन चितवन-०१ बाट पाण्डे निर्बाचित हुनुभयो । पाण्डेले स्नातकोत्तरसम्म्को अध्ययन गर्नुभएको छ भने अर्थ राजनीति सग सम्बन्धित पुस्तकहरुपनी बजारमा उपलब्ध छन । पाण्डे निरन्तर रूपमा आर्थिक बिसयमा अध्ययन खोज अनुसन्धान गर्दै आउनुभएको छ भने नेपालका विभिन्न कलेजहरुमा visiting lecturer को रुपमा समेत पाण्डेले अध्यापन गराउदै आउनुभएको छ ।
क.सुरेन्द्र पाण्डेको संक्षिप्त परिचय
१) विगतको राजनीतिक जीवनः
– ०३१ साल देखि राजनीतिमा सक्रिय
पंचायती शासनकालमा १० बर्ष भुमिगत भई आन्दोलनको नेतृत्व गरेको
– ०४३ सालमा पंचायतको विरुद्ध जनपक्षीय उम्मेदवारलाई जिताउन विभिन्न जिल्लामा नेतृत्व गरेको
उपत्यकाको इन्चार्ज भई काम गरेको
– ०४६ सालको जनआन्दोलनमा कोशि अन्चलमा पार्टीको तर्फबाट नेतृत्व गरेकोे
– कर्णाली अन्चल जस्तो बिकट जिल्लामा इन्चार्ज भई पार्टीलाई बिस्तार र व्यवस्थित बनाएको
– मजदूर फाँट, बिद्यार्थी फाँट, पेशागत फाँट लगायतको प्रमुख भई काम गरेको
– महिलाहरुको हक, हित तथा अधिकारको निम्ति निरन्तर रुपमा कार्य गरेको
– गणतन्त्र नेपालमा राज्यको पुनःसंरचना, संघीयता, निर्वाचन प्रणाली लगायतका महत्वपूर्ण सवालहरुमा पार्टीको तर्फवाट बिशेषज्ञताको भुमिका निर्वाह गरेको
२) संसदमा योगदान:
– ०५४ देखि ०६० सम्म राष्ट्रियसभाको सदस्य भई चितवनको क्षेत्र नं १ बिकास निर्माणको निम्ति निरन्तर कार्य गरेको
– ०५६ देखि ०६० सम्म राष्ट्रियसभाको प्रमुख सचेतक भई सदन संचालनमा महत्वपूर्ण योगदान गरेको
– ०६४ देखि ०६८ सम्म संविधानसभा सदस्य तथा संविधानसभामा दलको उपनेता भई कार्य गरेको
संबिधानसभामा संबैधानिक समिति, विवाद समाधान उपसमितिमा बसी महत्वपूर्ण खेलेको र संबिधानको बिषयमा विवादित बिषयलाई हल गर्न भुमिका खेलेको र उच्च स्तरिय वार्ताहरुमा सक्रिय सहभागिता रहेको
– नेपालका प्राय सवै जिल्लाहरुमा भ्रमण गर्नुको साथसाथै अन्तराष्ट्रिय स्तरको अनुभव हासिल ।
३) सफल अर्थमन्त्रीको रुपमा कार्यगर्दा:
– ०६६ जेष्ठ खेखि ०६७ माघ सम्म नेपाल कै सफल अर्थमन्त्रीको रुपमा कार्य गरेको र मुलुकको सिंगो बिकासमा प्रभाव पार्ने कार्यक्रमहरु अगाडी ल्याएको
– देशको आर्थिक बिकासमा नयाँ सोच र योजना अगाडी बढाएको ।
– मध्य पहाडी लोकमार्ग, मध्यपहाडी सडक वरपर दशवटा शहर निर्माण
– ठोरीबाट भण्डारा र मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्यको थालनी गरेको
– काठमाडौं नीजगढ फास्ट ट्याक निर्माण शुरु
– पूर्वपश्चिम हुलाकी मार्ग, त्यसमा पर्ने पुलहरुको निर्माण शुरु
– दलितहरुको हक तथा अधिकारको संरक्षणको निम्ति शसक्त कदम चालेको र उनीहरुको निम्ति जनता आवासको नाममा घरहरु निर्माण गरेको
– सडक दुर्घटनाका पीडितलाई उचित न्याय दिलाउन, दुर्घटनाको कारणबाट सडक अवरोध भई यात्रुहरु अलपत्र पर्ने अवस्थालाई समाप्त गर्न तेश्रो पक्षको बिमा शुरु गरेको
– लेड सेडिंगको समस्यालाई क्रमशः समाधान गर्ने योजना अनुरुप माथिल्लो तामाकोशि आयोजनाको शुरु गरेको
– माथिल्लो चिशुली ुतीन एु को ऋण सम्झौता गरी काम शुरु
– श्रमिकहरुको सामाजिक सुरक्षाको लागि सामाजिक सुरक्षाकर कट्टी गरी सामाजिक सुरक्षा प्रणाली शुरु,
– आम नागरिकको श्वास्थ उपचारको व्यवस्था सहज रुपले गराउन पाउन पाँच जिल्लामा पाइलट योजनाको रुपमा श्वास्थ्य बिमा शुरु
– गरीब जनताहरुका सवै छोराछोरीहरुले शिक्षाको अवसर पाउन सकून भन्ने उद्देश्यले दशकक्षासम्म सरकारी बिद्यालयमा पढ्ने छात्रछात्राहरुलाई नगद छात्रबृत्ति शुरु
– बालिकाहरुको श्वास्थ्यलाई ध्यानमा राखी सवै बिद्यालयहरुमा छात्रा शौचालयको व्यवस्था
तिस हजार सरकारी बिद्यालयमा इन्टरनेट सेवा शुरु
खेलक्षेत्रमा लगानी वृद्धि
– चितवन, हेटौडा र कैलालीमा क्षेत्रिय रंगशालाको निम्ति र भैरहवा र काठमाडौं क्रिकेट मैदानमा बजेट विनियोजन
– पोखरा विमानस्थलको लागि ऋण सम्झौता गरी कार्य अगाडी बढाएको
– राष्ट्रिय परिचयपत्र, गरीब परिचयपत्र निर्माणको लागि बजेट विनियोजन आदि ।
बि. स २०६६ देखि २०६७ सालसम्म तत्कालीन प्रधानमन्त्री माधबकुमार नेपाल प्रधानमन्त्री रहनुहुदा अर्थमन्त्री पाण्डे हुनुहुन्थ्यो । अहिलेपनि पाण्डे लाई नेपालको सफल अर्थमन्त्रीको रुपमा हेरिन्छ । पाण्डे अर्थमन्त्री रहनुहुदा उहाँले गर्नुभएका केही महत्त्वपूर्ण कामहरु :
१) मध्यपहाडी लोकमार्गको निर्माण कार्यको सुरुवात
२) द्वन्द्व पीडितलाई खेतिबाली छेतिपुर्ती
३) जनताको पहलमा शान्ती अभियान
४) द्वन्द्व पीडितले सावाँ तिरे ब्याज मिनाहा
५) सामाजिक सुरक्षा करको प्रारम्भ
६) भन्डारा मलेखु बाटोको निर्माणकार्य सुरुवात
७) ३० हजार सरकारी बिधालयमा ईन्टरनेटको सुरुवात
८) मध्यपहाडी सडक अन्तरगत दशवटा शहर निर्माण
९) ठोरीबाट भन्डारा मलेखुहुँदै रसुवागढी सडक निर्माण कार्य सुरुवात
१०) गरिब परिचयपत्रको निर्माणकार्यलाइ बजेट बिनियोजन
११) लोपोन्मुख राउटे परिबारलाइ मासिक १००० भत्ता
१२) ५ छेत्रमा जेष्ठ नागरिक आरोग्य आश्रम
१३) दलित / गैरदलित विवाहलाइ १ लाख अनुदान
१४) बिधवा विवाहलाइ ५० हजार अनुदान
१५) ७५ बर्ष माथिका र १५ बर्ष मुनिका लागि निशुल्क उपचार
१६) पोखरा बिमानस्थल निर्माण कार्यलाइ बजेट बिनियोजन
१७) पुर्बपच्शिम हुलाकि मार्ग निर्माण प्रारम्भ
१८) गरिब जनता आवास नाममा घर निर्माण कार्य सुरुवात
१९) दलितहरुको हकहित र संरक्षणको लागि पहलकदमी
२०) सडक दुर्घटनाको पीडितलाई न्याय दिलाउन तेस्रो पक्षको बिमा
२१) लोडसेडिङको समस्या हल गर्न माथिल्लो तामाकोशि आयोजनाको निर्माण कार्य सुरुवात
२२) ५००० हजारलाई रिक्सा दिने
२३) ३० करोडको लागतमा ३००० जनतालाई आवास निर्माण
२४) कर सहभागीता बर्ष
२५) होटेल रेस्टुरेन्ट खोल्न प्रेरित / छेत्र तोक्ने / सहज ऋण
२६) कर्मचारीलाई १०%-१२% भत्ता
२७) चितवन हेटौंडा कैलालीमा रंगशाला र काठमाडौमा कृकेट रंगशाला निर्माणकार्य प्रारम्भ
२८) छात्राहरुलाइ छात्रा शौचालय र सेनेटरी प्याडको सुरुवात
२९) माथिल्लो त्रिशुली थ्री ए को ऋण सम्झौतागरि काम सुरु
३०) सामाजिक सुरक्षा कर कट्टी सहित सामाजिक सुरक्षा प्रणाली सुरु
३१) आमा नागरिकको स्वास्थलाई विशेष ध्यान राखी स्वास्थ बिमाकार्यको सुरुवात
३२) दस कक्षासम्म्न सरकारी बिधालयमा पड्ने छात्राहरुलाइ नगत छात्रवृत्ति सुरुवात
३३) सडक बन्द गर्नेले छेतिपुर्ती तिर्नुपर्ने कानुन
३४) गैरआबासिय नेपालीलाई विशेष परिचयपत्र
३५) स्थानीय शुल्क कर खारेज / कबाडी कर खारेज
३६)३५ जिल्लामा पोषण युक्त खाजा कार्यक्रम
३७) शिक्षामा सबैभन्दा बढि ४७ अर्ब ६१ करोड बिनियोजन
३८) त्यस्बेला कुल बजेट २ खर्ब ८५ अर्ब ९३ करोड जस्मा चालू तर्फ १ खर्ब ६० अर्ब ६३ करोड पुजिगत तर्फ १ खर्ब ६ अर्ब २८ करोड
३९ ) सावाँ भुक्तानी तर्फ १९ अर्ब १ करोड
४०) साधारण प्रशासन तर्फ १ खर्ब ३५ अर्ब ५८ करोड
४१) त्यसबेला ५.५ को आर्थिक वृद्धि लक्ष्य राखीएको
प्रकाशित मिति : 22:17









