४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

निर्मलाको हत्या तालिमप्राप्त व्यक्तिबाट, २५ नम्बर बाहिनीका सैनिकमाथि छानविन हुने

१ असोज, काठमाडाैँ । निर्मला पन्तको बलात्कारपछि हतया घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ । घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा त्यस्तो सुझाव दिइएको अाजको नयाँ पत्रिकाले समाचार लेखेको छ ।

निर्मलाको शव भेटिएको स्थानबाट करिव ३ किलोमिटर दुरीमा सेनाको बाहिनी छ । बलात्कारपछि घाँटीको कर्ड न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा खुलेको छ । तालिमप्राप्त व्यक्तिले यसरी हत्या गर्ने सम्भावना धेरै हुन्छ, ,छानविन समितिका एक सदस्यले भने, त्यहि आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएका छौँ । कञ्चनपुरका एसपी कुवेर कडायतले सैनिकदेखि मृतकका आफन्तसम्म अनेक कोणबाट अनुसन्धान भईरहेको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार ०७:४२