६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

जवरजस्ती हटाउन खाेजिएकाे भन्दै सुकुम्वासीले काठमाडौंमा निकाले खवरदारी र्याली

१ मंसिर, काठमाडाैं । आफुहरुलाई जवरजस्ती हटाउन पटक पटक सूचना प्रकाशित भएको भन्दै भूमिहिन, सुकुम्वासी, अव्यवस्थीत बसोबासी लगाएतले काठमाडौंमा खवरदारी र्याली निकालेका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुम्वासी व्यवस्थापन संघ लगाएत दर्जन बढि संघसंगठनहरुको अगुवाईमा माइतिघर देखि बानेश्वरसम्म खवरदारी र्याली निकालिएको हो ।

आफूहरुलाई प्रमाणित हुने समय समेत नदिइ अल्टिमेटम दिएको, बसोबासको ग्यारेन्टी नगरिएको र आफूहरुको बाँच्ने अधिकार खोस्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

र्यालीमा सहभागीहरुले सुकुम्वासीको उचित व्यवस्थापन गर, भूमिहिन एक हौ, हामी न्याय चाहन्छौ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल प्रयोग गरेर हटाउने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : November 17, 2022 at 1:53 pm