चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे राष्ट्र बैंकले माग्यो सुझाव
१ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे सुझाव मागेकाे छ । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागू भएको १ महिना व्यतित भएको हुँदा कार्यविधि कार्यान्वयनको क्रममा कुनै समस्या वा दुविधा देखिएको भए २०७९ मंसिर १० गते भित्र सुझाव दिन राष्ट्र बैंकले आग्रह गरेको हो ।
बैंक तथा वित्तीय संस्था नियमन विभागको इमेल ठेगाना [email protected] मा बुँदागत रुपमा सुझाव उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालू पुँजी कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले कार्तिक १ गतेबाट लागु हुने गरी चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरिएको थियाे ।


प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १२:१९












