मतदातालाई पैसा बाँड्न गएका कांग्रेस नेता एवं गण्डकी प्रदेशका मन्त्री विन्दु थापा समातिए (भिडियो)
३० कार्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका कानुनमन्त्री मतदाताको पैसा बाँड्न जाँदा समातिएका छन । कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा उम्मेदवार रहेका विन्दुकुमार थापा पैसा बाँड्न गएको समयमा समातिएका हुन ।
थापा गाडीमा पैसा लिएर गन्धर्वबस्तीमा प्रवेश गर्न लागेको समयमा स्थानीयले समातेका हुन । पोखरा–१६ बाटुलेचौरको गन्धर्व बस्तीमा उनलाई स्थानीयले राति ८ बजे नियन्त्रणमा लिएका हुन । भिडियो तल हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : November 16, 2022 at 11:35 pm









