२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

बहुबिबाहका कारण लोसपा उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज

३० कार्तिक, सुनसरी । निर्वाचन आयोगले बहुबिबाहका कारण सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उनकाे उम्मेदवारी खारेज भएको हो । उनले बहुबिबाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उनकाे उम्मेदवारी बदर गरेको हो ।

प्रकाशित मिति : November 16, 2022 at 7:03 pm