८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

बुधबार पनि बढ्याे सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


३० कार्तिक, काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। आज छापावाल सुनकाे मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १२:१०