२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

माउन्टेन इनर्जीले घोषणा गर्याे लाभांश , सभा र बुकक्लोज कहिले ?

३० कार्तिक, काठमाडाैं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजीकाे १०.५२६३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घाेषणा गरेकाे हाे ।उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ । सोही बैठकले लाभांश पारित गर्न कम्पनीको वार्षिक साधारणसभा पनि बाेलाएकाे छ। कम्पनीले पुस ९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।

कम्पनीले साधारण सभा तथा लभांश प्रयाेजनका लागि मंसिर २७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भएर कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ११:३१