२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

अध्यक्ष ओलीले आज सुनसरीका दुई आमसभालाई सम्बोधन गर्दै

३० कार्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरी र मोरङ एवं भोलि झापाका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले दिउँसो सुनसरीको दुहबी र लौकहीमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्ने छन् भने साँझ विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली आजै विराटनगरको अन्तर्क्रियापछि झापा जानेछन् । उनले भोलि झापाका दुई चुनावी सभालाई सम्बोधन गर्नेछन् ।  अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नं. १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नं. ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रचारप्रसारका लागि अब भोलि एक दिन मात्र बाँकी छ ।

प्रकाशित मिति : 10:12