४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपाली राष्ट्रिय फुटबल टिमले बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने


२९ कार्तिक, काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल अघि मंगलबार काठमाडौंमा आयोजित प्री म्याच कन्फ्रेन्समा दुवै टोलीले राम्रो खेल प्रदर्शन गर्ने दावी गरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमकामुख्य प्रशिक्षक प्रवेश कटुवालले घरेलु मैदानमा जित निकाल्न टिमको मनोबल उच्च रहेको बताए । छोटो समयको बाबजुत राम्रो टिम बनाएको भन्दै तयारी राम्रो भएको उनले बताए ।

त्यस्तै नेपालका कप्तान रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्दी भएपछि जित निकाल्नेमा सबै खेलाडी उच्च मनोवलका साथ मैदान उत्रने दावी गरे ।

प्री म्याच कन्फ्रेन्समा पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरले तयारी राम्रो रहेकाले राम्रो नजिता निस्कनेमा आशावादी रहेको बताए । पाकिस्ताका कप्तान हसन बसिरले नेपालसँगको खेलका लागि सकारात्मक रहेको धारणा राखे ।

पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल हुनेछ । हालसम्म नेपाल र पाकिस्तानबीच १३ वटा मैत्रीपूर्ण खेल भएको छ । फिफा बरियतामा नेपाल १ सय ७५ स्थानमा र पाकिस्तान १ सय ९४ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १६:५८