२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

२९ कार्तिक, कास्की । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।

खड्काले गठबन्धनका कास्की -२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ । मुख्यमन्त्री पोखरेल भौतिक पूर्वाधार मन्त्रालय आफैंले सम्हाल्ने जनाइएकाे छ ।

प्रकाशित मिति : 16:38