२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

वार्षिकोत्सवको अवसरमा नेपाल बैंकमा रक्तदान कार्यक्रम सम्पन्न

२९ कार्तिक, काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाण्डौमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्रीसमता पन्तले गरेका थिए भने कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारीले गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरेका थिए । नेपाल बैंक लिमिटेड यहि २०७९ कार्तिक ३० गते ८६ औं बर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा बैंकले बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

संस्थागत सामाजिक उत्तरदायीत्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाहगर्दै आएको बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्दै आईरहेको छ ।

नेपालभर २२६ शाखाहरु, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्गप्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : November 15, 2022 at 1:36 pm